११ वर्षीया बालिका हत्या प्रकरण : पोल खुल्ने डरले बलात्कारपछि जलाएको अभियुक्तकाे बयान



प्रकाशित मिति : Feb 19, 2019

धनुषा । धनुषामा गत बुधबार गाउँमै बिहेभोज खान गएकी बोल्न नसक्ने बालिका मृत अवस्थमा भेटिएकी थिइन् । उनको शव दोस्रो दिन शरिर आधा जलेको अवस्थामा फेला परेको थियो ।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्ति दोषी ठहर भएका छन् । ११ वर्षीया बालिकालाई बलात्कार गरेर जिउँदै जलाएको दोषी आफैले बताएका छन् । घटनाको आरोपमा पक्राउ परेका बटेश्वर वडा नम्बर ४ का २२ वर्षीय निरज जर्घामगरले आफूले हत्या गरेको स्वीकार गरेका हुन् ।

प्रहरीका अनुसार उनले दिएको बयान अनुसार विवाहमा नाचगानका क्रममा बिजुलीको लाइन काटिदा बालिका दुतियालाई नजिकैको किराना पसलबाट चाउचाउ र फ्रुटी किनी फकाएको र त्यसपछि खोला नजिकैको उखु बारीमा लगेर बलात्कार गरेको बताएका छन् ।

“बलात्कारपछि पोल खुल्ने डरले केही झारपात जमा गरेर जलाएको हो ।” उनले बयानमा भनेका छन् । गाडीमा सहायक चालकको रुपमा समेत काम गर्दै आएका मगर यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।जिल्लाको मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेलीको शव घर नजिकैको झाडीमा फेला परेको थियो।

शंकास्पद मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको रहस्य बाहिरिएको हो ।मगरलाई म्याद थपका लागि जिल्ला अदालत धनुषा लैजाने तयारी भएको छ । प्रदेश २ प्रहरीको विशेष टोली र धनुषा प्रहरीको टोली अनुसन्धानमा खटिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com