टि-२० विश्वकप क्षेत्रीय छनोटको पहिलो खेलमा नेपालद्वारा मलेसिया ३४ रनले पराजित



प्रकाशित मिति : Feb 19, 2019
  • हरिशजंग क्षेत्री

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा खेलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

थाइल्याण्डको बैककमा जारी छनोट प्रतियोगितामा नेपाल टस जितेर पहिले ब्याटिङ गरेको गर्दै २० ओभरमा ५ विकेटको नोक्सानीमा एक सय २६ रनको योगफल बनाएको थियोे । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गर्दा पहिलो विकेटका रूपमा काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।

त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन । त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो ।

त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुवीना क्षेत्रीले नेपालको पारीलाई अगाडी बढाउन कोसीस गर्दा नेरी ६ रनमा रनआउट भइन । नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुवीना क्षेत्रीले अन्तिम सम्म खेल्दै अविजीत ३३ रनको योगदान गरिन ।

जवाफमा नेपालले दिएको १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ९२ रनमा समेटियो । नेपालले मलेसियालाई सुरुवातदेखि नै दबावमा राख्न सफल भएको थियो । मलेसियाको स्कोर ५ रन हुँदा नेपाल पहिलो विकेट लिन सफल भयो, भने १० रन हुँदा दोस्रो विकेटको पतनमा ओपनर यस्रिना याकोव ५ रनमा आउट भइन भने अर्कि ओपनर सोइ एईलाई खाता खोल्न नपाउँदै रनआउट भइन ।

त्यसपछि तेस्रो विकेटका लागि मलेसियाले ४३ रनको साझेदारी गर्दै सम्हालिने प्रयास गरेको थियो । तर उसको स्कोर ५३ रन हुँदा क्रिस्टियन बारेटलाई करुण भण्डारीले २१ रनमा आउट गरिन । त्यसपछि उसले अरु १२ रन थप्दा २ विकेट गुमायो । जसमा कप्तान विनफ्रेइड १८ रनमा आउट भइन भने मासा इलीसा मात्र ६ रनमा पेभेलियन फर्किइन ।

यस्तै वान जुलीया पनि मात्र ८ रनमा आउट भएपछि उसको स्कोर ७६ रन थियो । त्यसको लगत्तै जामीका अज्मी पनि मात्र तीन रनमा पेभेलियन फर्किइन । बलिङतर्फ नेपालका करुणा भण्डारी र सरिता मगरले दुई दुई विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com