भारतमा मारिएका सैनिक परिवारलाई अमिताभ र अक्षय कुमारलगायतका कलाकारले गरे करोड भन्दा बढी सहयोग



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौँ । बलिउडका सुपरस्टार अमिताभ बच्चन, अक्षय कुमार एवं सलमान खान लगायतका भारतीय कलाकारहरुले ले केहि दिन अगाडि भारतको पुलवामा ज्यान गुमाउने सैनिकको परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

फिल्मसंगै सामाजिक कार्यमा सक्रिय बच्चनले केही समय अघि भारतको एक गाउँका किसानलाई क्रणमुक्त गराएका थिए ।उनले बैंकको ऋण तिर्न नसकेर आत्मा हत्या गरिरहेका किसानहरुको ऋण तिरिदिएका थिए ।

अमिताभले ज्यान गुमाउने सैनिकका परिवारलाई प्रति परिवार ५ लाखका दरले सहयोग गर्ने घाषणा गरेका छन् । त्यसतै अक्षय कुमारले ज्यान गुमाउने सैकिका परिवारलाई ५ करोड सहयोग गरेको टाइम्सनाव न्युजले जनाएको छ ।

त्यसतै सलमान खानलगायत अन्य कलाकारहरुले पनि सहयोग र सहयोग गर्न आग्रह गरेका छन् ।अजय देवगनले पनि ५० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

यसै फेब्ररी १४का दिन भारतको पुलवामामा आतंकवादी संगठनको एक समुहले गरेको बम बिस्फोट परि ४० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए । भने सोमबार अर्काे ठाँउको बम बिष्फोटमा थप ४ जनाको मृत्यु भएका थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com