महिला विश्वकप छनोट खेलमा नेपाली टोलीद्वारा मलेसियालाई १२७ रनको चुनौती



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौं । बिश्वकप छनोट एशिया क्षेत्र अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलिद्वारा मलेसियालाई १२७ रनको चुनौती दिएको छ । मंगलबार भएको खेलमा टस जित्दै पहिले ब्याटिंग गर्दै नेपालले २० ओवरमा पाँच विकेट गुमाएर १२६ रन बनाएको थियोे ।

नेपालको तर्फबाट ओपनर सीता राना मगरले सर्वाधिक ४२ रनको पारी खेल्दा उनले ४० बलको सामना गर्दै दुई चौका प्रहार गरेकी थिइन । सीताले पहिलो विकेटका लागि काजल श्रेष्ठ ९२९ बलमा १६ रन० सँग मिलेर सात दशमलब पाँच ओवरमा ४६ रनको शाझेदारी गर्दै नेपाललाई राम्रो शुरुवात दिएकी थिईन् ।साथै कप्तान नेपाली टोलिकि कप्तान रुबिना क्षेत्रीले ३३ रन प्रहार गरिन् ।

२५ बलको सामना गर्दै क्षेत्रीले तीन चौका प्रहार गरेकी थिइन । नेपालको लागि अन्य ब्याट्स वोमनमा सरिता राना मगरले अविजित एक, इन्दु बर्माले १४ बलमा १३ रन, नेरी थापाले ६ रन जोड्दा ममता चौधरी शुन्य रनमा आउट भएकी थिइन । ५ विकेट गुमाएको नेपालले दुई विकेट रन आउटमा गुमाएको थियोे ।

बलिङतर्फ मलेसिया जुमिका अज्मी, सशा अज्मी र विनिफ्रेड दुराईसिंगमले समान एक एक विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com