इटालियन लिग फुटबल : २० गोल खाएपछि क्लब नै निलम्बनमा



प्रकाशित मिति : Feb 19, 2019

एजेन्सी । इटालियन लिग फुटबलमा प्रो पिएसेन्जा क्लबले विपक्षीसँग २० गोल खाएपछि कारवाहीको सामना गर्नु परेको छ । क्लबले विपक्षीसँग २० गोल खाएपछि क्लबने निलम्बनमा परेको छ । तेस्रो डिभिजनको इटालियन लिग अन्तर्गत सोमबार बिहान खेलिएको खेलमा कुनेओले प्रो पिएसेन्जालाई २०-० गोलले हराएको थियो ।

लामो समयदेखि पारिश्रमिक नपाएका खेलाडीहरुले भने आर्थिक विफलताले टीमको झलक दिएको बताएका छन् ।पारिश्रमिक नपाएकै कारण थुप्रै खेलाडीले क्लब छाडेपछि खेलाडीको अभाव सृजना भएको हो । सुरुमा क्लबसँग ३३ जना खेलाडी भएपनि बिस्तारै सेवा सुबिधा नपाएपछि खेलाडीहरुले क्लब छाड्दै गएका थिए ।जसका कारण सोमबार भएको खेलमा ७ खेलाडी मात्र मैदानमा देखिएका थिए ।

अस्वभाविक नतिजापछि इटालियन फुटबल संघले प्रो पिएसेन्जालाई इटालियन फुटबल संघले निलम्बन गर्ने निर्णय लिएको हो ।जारी सिजनको लिगमा २५ खेल खेलिसक्दा प्रो पिसेन्जाले एउटा खेलमात्र जित्न सकेको छ । बाँकी २४ मध्ये पाँच खेल बराबरीमा टुंगिएको छ भने १९ खेलमा प्रो पिसेन्जा पराजित भएको छ । प्रो पिसेन्जा केवल आठ अंकसहित तालिकाको अन्तिम स्थानमा छ । त्यो आठ अंक पनि कारवाही स्वरुप खोसिने भएको छ ।

कुनोओबिरुद्धको खेलमा प्रो पिसेन्जातर्फबाट मैदानमा उतारिएका प्रायः खेलाडी सबै किशोर देखिन्थे जसमध्ये सोमबार भएको खेलमा १८ वर्षीया कप्तान निकोला सर्किग्लानोयनले टीम कोचको भूमिका निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com