अब प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित गरिने



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने मजदुरहरुको विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गरिने भएको छ ।यसअघि औँठाछाप प्रमाणित सामाखुसीस्थित केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाबाट गरिन्थ्यो ।

प्रहरी प्रधान कार्यालयबाट औँठाछाप प्रमाणित गर्ने काम एक हप्ताअघिबाट शुरु गरिएको हो । यसअघि दूतावासले मागेको औँठाछाप प्रमाणित गर्न प्रहरी प्रधान कार्यालय आउनुपर्ने र यहाँबाट सिफारिश लिएर पुनः विधिविज्ञान प्रयोगशाला जानुपर्ने अवस्था थियो । अहिले त्यो झन्झट हटेर प्रहरी प्रधान कार्यालयको चालचलन शाखाबाटै औँठाछाप प्रमाणित गरी एकै ठाउँबाट सेवा दिन थालिएको हो ।

मुख्यगरी भिसा नवीकरण, वैदेशिक रोजगारीमा जाने मजदुरको चालक अनुमतिपत्रको विषय, विद्यार्थी लामो समयसम्म बस्ने गरी कुनै पनि देशमा जान लागेका बेला, नेपालमा भएका विदेशी नागरिकका चालक अनुमतिपत्र र भिसा नवीकरणलगायतको कामका लागि विभिन्न औँठाछाप प्रमाणित भएको कागज आवश्यक पर्छ ।

सेवाग्राहीको सुबिधालाई ध्यानमा राख्दै गरिएको यस कार्यले वैदेशिक रोजगारीमा जाने हरुले राहत लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com