एफए कप: चेल्सीको मैदानमा जित्दै म्यान्चेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश



प्रकाशित मिति : Feb 19, 2019

एजेन्सी । एफए कपअन्तर्गत सोमबार चेल्सीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको ३१ हौं मिनेटमा पल पोग्बाको क्रसमा आन्देर हरेराले गरेको गोलबाट अग्रता बनाएको युनाइटेडलाई पहिलो हाफको सकिनै लाग्दा अन्तिम मिनेटमा पोग्बाले हेडर गोल गर्दै युनाइटेडलाई दोब्बर अग्रता दिलाए । पहिलो हाफ यतिमै सिमित रह्यो ।

दाेस्राे हाफमा युनाइटेडले गाेल थप्न नसक्दा र चेल्सीले गाेल गर्न नसक्दा युनाइटेडले २-० काे जित हात पार्याे । म्यान्चेस्टर युनाइटेडविरुद्ध अधिकांश समय बल नियन्त्रणमा राखेको चेल्सीले गोल गर्न भने सकेन ।

Image result for chelsea vs manchester united

घरेलु टोली चेल्सीले खेलको सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको हो ।युनाइटेडले अब क्वाटरफाइनलमा वल्भसको सामना गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com