खोटाङमा बाँदरले बिजोग: एउटा बाँदर पक्रिए बराबर साढे दुई हजार रुपैयाँ दिँदै नगरपालिका



प्रकाशित मिति : Feb 19, 2019

खोटाङ । बाँदर नियन्त्रण गर्नकै लागि खोटाङमा डेढ करोड खर्च गरिने भएको छ। दुई चार वर्षदेखि बाँदरले खेतबारीको अन्नबाली, फलफूल र सागसब्जीमा नोक्सानी पुर्‍याएपछि जिल्लाका किसानले ‘बाँदर नियन्त्रण समिति’ बनाएको छ ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति खोटाङले प्रारम्भिक कार्य शनिबारदेखि थालेको अध्यक्ष दुर्गा घिमिरेले जनाए। उनका अनुसार खोटाङमा मात्रै १४ हजारको संख्यामा बाँदर रहेको अनुमान गरिएको छ। बाँदरले जिल्लाका १० वटै नगरपालिकामा दुःख दिएको बताइएको छ।

बाँदरको ठूलो संख्या भने दिक्तेल–रूपाकोट–मझुवागढी ५ लफ्याङमा रहेको अनुमान गरिएको छ। नियन्त्रण समितिले एउटा बाँदर पक्रिएवापत दुई हजार पाँच सय रुपैयाँ दिने एवं भारतको विहारबाट मुख्तार खानको नेतृत्वमा रहेको पाँचजनाको टोलीलाई अग्रिम पेश्की दिन पाँच लाख रुपैयाँ समितिले ऋण काढेर दिएको अध्यक्ष घिमिरेले जानकारी दिए।यो समाचार आजको गोरखापत्र दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com