भारतले नेपाली ग्यास बुलेट चलाउने अनुमति नदिँदा वार्षिक २ अर्ब भन्दा बढी बाहिरिन्छ



प्रकाशित मिति : Feb 19, 2019

काठमाडौं । ग्यास ढुवानी गर्दा नेपालबाट वार्षिक रुपमा २ अर्ब २५ करोड रुपैयाँ बाहिरिने गरेको छ । स्वदेशी नम्बरका ग्यास बुलेट निर्माण भए पनि प्रयोगमा आउन नसक्दा भारतीय नम्बरका ग्यास बुलेटले ग्यास ढुवानी गरेवापत सो रकम बाहिर जाने गरेको हो ।

दुई वर्षअघि नेपाली ग्यास नम्बरका ग्यास बुलेट निर्माण गरे पनि ग्यास ढुवानी गर्न भारतले अनुमति नदिँदा प्रयोगमा आउन सकेको छैन । नेपाल आयल निगमका अनुसार ग्यास ढुवानीबापत २ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ ।

अहिले ६ सय ५० भन्दा बढी भारतीय नम्बर बुलेटबाट ग्यास ढुवानी आएको छ । १ हजार २ सय ५० सिलिन्डर बोक्ने बुलेटले बरौनीदेखि काठमाडौंसम्म प्रतिसिलिन्डर ८२ रुपैयाँ ढुवानी गर्च लाग्ने गर्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com