नक्सापास नगरी १२८ कोठे आश्रम निर्माण, राष्ट्रपतिबाट उद्घाटन



प्रकाशित मिति : Feb 19, 2019

सुनसरी । सुनसरीका बराहक्षेत्रस्थित चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भवनको न नक्सापास गरिएको छ न त कुनै सरकारीस्तबाट निर्माणसम्बन्धी स्वीकृति लिइएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नाममा रहेको जग्गामा कृष्णबहादुर गिरी ९स्वामी कृष्णदास महायोगी सिद्धबाबा महाराज० ले भवन निर्माण गराएका हुन् ।

नक्सापासमेत नगरी सरकारी जग्गामा जबरजस्ती बनाइएको ८ करोड रुपैयाँ लागतको १२८ कोठे आश्रम भवनको उद्घाटन माघ २६ गते राष्ट्रपतिबाट गराइएको थियो भवन उद्घाटनमा राष्ट्रपतिदेखि प्रदेश सरकारका मुख्यमन्त्री स्थानीय तहका जनप्रतिनिधि, नेकपा कांग्रेसलगाय राजनीतिक दलका पदाधिकारी सहभागी थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com