यस्ताे छ तपाइकाे आजको राशिफल



प्रकाशित मिति : Feb 19, 2019

काठमाडाैँ । आज मिति वि.सं.२०७५ साल फाल्गुन ०७ गते । मंंगलबार । ईश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि पूर्णिमा, ३७ घडी ५२ पला, बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र अश्लेषा, १० घडी ४८ पला, बिहान ११ बजेर ०० मिनेट उप्रान्त मघा ।

योग शोभन,१३ घडी २२ पला, दिउँसो १२ बजेर ०१ मिनेट उप्रान्त अतिगण्ड । करण भद्रा, बिहान ११ बजेर ०१ मिनेट उप्रान्त बव, बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त वालव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कर्कट, बिहान ११ बजेर ०० मिनेट उप्रान्त सिंह । पूर्णिमा व्रत। श्रीस्वस्थानी व्रत समाप्ति।

माघस्नान समाप्ति। सिपुन्ही। माघयात्रा। झापामा कीचकवध मेला। राष्ट्रिय प्रजातन्त्र दिवस। काठमाडौंमा सूर्योदय ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान २८ घडी १० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुची बढ्नेछ भने बिद्या तथा प्रतिष्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा आलोचना सहनुपर्नेछ । आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पति तथा बिलाशी बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावासाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढीनै समय खर्चनु पर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो यात्रा भएपनि उपलब्धि कमै हुनेछ । बन्द व्यापारमा समय खर्चिए पनि भनेजस्तो आम्दानि नहुने हुनाले आर्थिक रुपमा पछि परिनेछ । प्रतिष्पर्धामा बढीनै तयारी गरेर सामेल हुनुहोला अरुभन्दा कमजोर साबित हुने योग रहेकोछ । माया प्रेममा अरुकै कुरा सुन्ने बानीले समस्या निम्तन सक्छ । अग्रजबाट हुने फैसला तपाईको तपाईको पक्षमा नहुन सक्छ । दाजुभाई सँग घरायसि कुरामा बिवाद हुने ग्रहयोग रहेकोछ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा प्रतिष्पर्धामा तपाईको नाम एकक कदम अगाडि आउनेछ भने प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अनुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानि हुने हुनादे आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा बिश्वासको बाताबरण सिर्जना हुनेछ । बिहानको समयमा बिदशी सामानको व्यापार फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बिहानको समय उत्तम रहेकोले सीमित स्रोत साधनको प्रयोग गरी असीमित आवश्यक्ताअरुको पूर्ती गर्न सकिनेछ । पढ्ने लेख्ने कामबाट सन्तुष्टि मिल्नेछ भने प्रेममा नजिक हुन सकिनेछ । मध्यान्हबाट प्रशासन तथा राज्यपक्ष सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेकोछ । गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्चा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरी आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय राम्रो रहेकोले खोजिमुलक कामबाट भनेजस्तो नतिजा आउँनेछ । धार्मिक मनोबृति बढ्ने तथा धार्मिक यात्रा हुने योग रहेकोछ । मध्यान्हबाट कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणिले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावि हुनेछन् । व्यापारमा मन्दि आउनेछ भने नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेममा नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कल्याणकारी तथा तारिफयोग्ग काम गरि चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाई तथा जीवन–साथि सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना बिचारहरु मनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले स्वास्थ्यमा समस्या बढ्ने तथा औषधि उपाचार खर्च बढ्ने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय उत्तम रहेकोले लामो दुरीको व्यावसायिक यात्रा हुनेछ । यात्रा तथा पर्यटन सम्बन्धि बामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । मध्यान्हबाट चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा नै हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पति तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पति जोड्ने समय रहेकोछ । सामूहिक लगानि कर्ता भेला पारी सुरु गरिने व्यापार व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउँन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउँन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा लगानि गरिन मनग्गे आम्दानि हुनेछ भने नया योजनाको रुप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावाना साटासाट गर्न पाइने हुदा पन प्रसन्न रहनेछ । उपाहार तथा भौतिक सम्पति प्राप्तिको योग रहेकोछ । मध्यान्हबाट आफन्त तथा साथभाईहरुसँग बिवाद बढ्नेछ । सत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । नाँफा मुलक व्यावसायमा खासै फाईदा नभए पनि सेवामुलक कामबाट नाम कमाउन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com