अन्तिम दिनसम्म १ हजार ६ सय २० रोजगारदाता कोषमा दर्ता



प्रकाशित मिति : Feb 18, 2019

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका रोजगारदाता कम्पनी तथा व्यवसायिक संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन दिएको समयसीमा आज सकिएको छ ।

काठमाडौं उपत्याकाका ३ जिल्लाभित्रका रोजगारदाता मंसिर ६ देखि फागुन ६ गतेभित्र कोषमा दर्ता हुनुपर्ने समयसीमा तोकिएको थियो । अन्तिम दिनसम्म जम्मा १ हजार ६ सय २० रोजगारदाता कोषमा दर्ता भएका छन् । देशभर करिब ९ लाख रोजगार दाता कम्पनीहरु मध्ये एकतिहाई पनि दर्ता नभएको देखिन्छ ।

दर्ता भएकामध्ये ९० प्रतिशत भन्दा बढी काठमाडौं उपत्यकाभित्रैका छन् । ९० प्रतिशत बढी भए पनि काठमाडौं उपत्यकाका लागि यो पर्याप्त भने नभएको कोषले जनाएको छ । यद्यपि दर्ता नै नभए पनि बुझ्न आउने क्रम जारी रहेकाले निराश हुनुपर्ने कारण नभएको कोषको भनाइ छ । उपत्यकाबाहेक प्रदेश ३ का रोजगारदाताले कोषमा अवद्ध हुन मंसिर १५ देखि फागुन १५ भित्रको समयसीमा दिइएको छ ।

ठूला उद्योगी–व्यवसायीले यो कार्यक्रमको विपक्षमा खासै नबोले पनि साना उद्योगी व्यवसायीमा भने अझै पनि कार्यान्वयन गर्न नसकिने हो कि भन्ने चिन्ता छ । त्यसैले पनि सूचीकरण गर्नेको संख्या कम भएको हो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com