७ हजार ३ सय ४१ जना कर्मचारीको मात्रै समायोजन प्रक्रिया पूरा



प्रकाशित मिति : Feb 18, 2019

काठमाडौं । फागुन ३ गतेभित्र कर्मचारी समायोजन सक्ने सरकारको योजना पूरा भएन । आजसम्म विभिन्न सेवाका ७ हजार ३ सय ४१ जना कर्मचारीको मात्रै समायोजन भएको छ । कर्मचारीको सम्पूर्ण विवरण किताव खानामा ‘अपडेट’ नभएका कारण समायोजनमा ढिलाई भएको सरकारको भनाइ छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवबाट सुरु गरेरर विभिन्न १७ समूहका सहसचिव र उपसचिको समायोजन सकेको छ । अहिले अधिकृतस्तरको समायोजन प्रक्रिया जारी छ । प्रदेश तथा स्थानीय तहमा कर्मचारीको अभावका कारण समस्या भएको गुनासोपछि मन्त्रालयले फागुन ३ भित्र जसरी भएपनि समायोजन सक्ने बताएको थियो । तर, कर्मचारीको सम्पूर्ण विवरण राख्ने किताव खानामा ‘अपडेट’ नभएका कारण समायोजनमा ढिलाई भएको मन्त्रालयको भनाइ छ ।

समायोजन हुने तह र कर्मचारीः

  • – ५७ सचिव संघमा समायोजन
  • – ६ सय ७६ सह–सचिवमध्ये संघमा ५ सय ७४ र प्रदेशमा १०२ समायोजन
  • – २ हजार ६ सय उपसचिवमध्ये संघमा १ हजार ५ सय ३१, प्रदेशमा २ सय ३७ र स्थानीय तहमा २ सय ३८ समायोजन
  • – अधिकृततर्फः २ हजार ३४१ संघमा, ३ सय ७१ प्रदेशमा र १७८ स्थानीय तहमा समायोजन
  • – लेखा समूहका ६ सय १० अधिकृत संघमा, समायोजन १ सय ९५ प्रदेशमा र ३ सय २७ स्थानीय तहमा समायोजन
  • – राजस्वतर्फ ५८० अधिकृतमध्ये २ जना प्रदेशमा समायोजन

सरकारले समायोजन गरेका अधिकांश सचिव, सहसचिव तथा उपसचिवको पहिल्यो रोजाइ संघमै बढी छ । संघबाट प्रदेश तथा स्थानीय निकायमा जाने कर्मचारीको अर्को ब्यावस्था नभएसम्म संघमा फर्कन सक्ने छैनन । यसले कर्मचारीको बृत्ति–विकासमा अवरोध गर्ने भन्दै कर्मचारीको आधिकारिक ट्रेड युनियनले अझै असन्तुष्टि जनाइरहेको छ ।

समायोजनपछि ८६ हजार निजामती कर्मचारीमध्ये ४१ हजार प्रदेश र स्थानीय तहमा जाने छन । तर, बाध्यकारी व्यवस्थाका कारण समायोजन रोजे पनि कर्मचारीमा असन्तुष्टि कायमै छ । जुन असन्तुष्टि कार्य क्षेत्रमा पनि देखियो भने कर्मचारीकै कारण संघीय प्रणालीमा समस्या आउन सक्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com