देशभर १ हजार ७५ जना स्रोत व्यक्ति मध्ये ५५ जना मात्र स्रोत व्यक्तिको रुपमा नियुत्त



प्रकाशित मिति : Feb 18, 2019

काठमाडौं । सरकारले स्रोतव्यक्तिका रुपमा कार्यरत ९ सय ८० शिक्षक तथा प्रधानाध्यापकको काज फिर्ता गरेको छ ।

आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदले उठाएका प्रश्नको जवाफ दिदै विभिन्न समयमा स्रोत व्यक्तिको रुपमा नियुत्त शिक्षकको काज फिर्ता गरेको जानकारी दिनुभएको हो ।

देशभर १ हजार ७५ जना स्रोत व्यक्ति मध्ये ५५ जना मात्र स्रोत व्यक्तिको रुपमा नियुत्त भएका थिए । सरकारले काज फिर्ता गरेसंगै ९ सय ८० शिक्षक तथा प्रधानाध्यापक विद्यालयमा पढाउन फर्कीनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com