‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू भएपछि कामको लागि नेपाली युवाहरु विदेश जानु पर्दैनः सांसद राई (भिडियोसहित)



प्रकाशित मिति : Feb 18, 2019

काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ केही दिन अघिबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई स्वदेशमै काम गर्ने अवसर सृजना गर्ने र उनीहरुलाई आफ्नै देशमा स्वाबलम्बन बनाउने तयारीका साथ कार्यक्रम अघि सारिएको हो ।

कार्यक्रम कार्यान्वयनमा आएपछि बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य हुने सरकारको विश्वास छ । सरकारको नयाँ योजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई शान्त, समृद्ध र सुसंस्कृत बनाउन सरकारले समाजको सबै क्षेत्रमा रोजगारको अवसर सृजना गर्ने योजना अघि सारेको पनि बताएका थिए ।

जीवन बीमा लगायतका सामाजिक सुरक्षाको प्रबन्धबाट मुलुकमा गरिबी घटने र बेरोजगारी समस्या समाधान हने प्रधानमन्त्री ओलीको विश्वास थियो । कार्यक्रम कार्यन्वयनका लागि सरकारले तीन अर्ब बजेट विनियोजन गरेको छ भने रोजगारका लागि १४ क्षेत्र निर्धारण गरेको छ ।

सरकारले बेरोजगारलाई बजारको माग अनुसार रोजगारीमा लगाउन आवश्यक सिप र दक्षता दिने कार्यक्रमको उदेश्य भएकाले सित्तैमा भत्ता बाँड्ने कार्यक्रम नरहेको समेत स्पष्ट पारेको छ । मुलुकको विकासका लागि युवा जनशक्तिको आवश्यक्तालाई समेत ध्यानमा राखेर विदेश पलायन हुनबाट रोक्ने सरकारको लक्ष्य छ ।

सरकारले यसरी बेरोजगार युवालाई रोजगारीमा लैजाने लक्ष्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य विभिन्न कार्यक्रमहरु अगाडि ल्याउँदै गर्दा के सबै कार्यक्रमहरु सफलता पूर्वक कार्यन्वयन होलान त ? र के कस्ता चुनौतीहरु छन् भन्ने विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले आफ्नो नियमित प्रस्तुती ‘इस्यु अफ द डे’मा महिला तथा सामाजिक समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्ण राईलाई स्टुडियोमा निम्त्याएको छ ।

कुराकानी गर्ने क्रममा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू भएपछि कामको लागि नेपाली युवाहरु विदेश जानु नपर्ने बताएका छन् ।

बाँकी कुरा भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com