अफ्गानिस्तानमा सरकारी सुरक्षाबलको कार्वाही, ३१ तालिवान लडाकुको मृत्यु



प्रकाशित मिति : Feb 18, 2019

कावुल । अफ्गानिस्तानमा लुकेर बसेका तालिवानी लडाकुलाई लक्षित गरी सरकारी सुरक्षा बलले गरेको कार्वाहीमा परी तालिवान लडाकुसहित ३१ जनाको मृत्यु भएको छ ।

अफ्गानिस्तानको दक्षिणी फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूहरुलाई लक्षित गरेर सरकारी सुरक्षा बलले आक्रमण गरेको थियो । सो कार्वाहीमा १७ तालिबान लडाकूको घटनास्थलमै मृत्यु भएको साथै अन्य आठ जना घाइते भएका स्थानीय संचार माध्यमहरुले बताएका छन् ।

कारबाहीप्रति तालिबान आतङ्ककारी समूहले भने कुनै प्रतिकृया दिएकोउ छैन् । त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।

कारबाहीप्रति तालिबान आतङ्ककारी समूहले भने कुनै प्रतिकृया दिएकोउ छैन् । त्यसैगरी अफ्गानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com