६० हजार घुससहित सव–इन्जिनियर रंगेहात पक्राउ



प्रकाशित मिति : Feb 17, 2019

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट सव–इन्जिनियर ६० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिँने क्रममा सव इन्जिनियर ह्दयराज बजगाईंलाई पक्राउ गरेको हो ।

उनले बेलौरी नगरपालिका ४ र ६ जोड्ने कल्भर्ट निर्माण गर्न ६० हजार रुपैयाँ नदिए पास नगरिदिने भनेपछि सेवाग्राही घुस दिन बाध्य भएका हुन् । घुस लिँदै गर्दा सब इन्जिनियर बजगाईलाई अख्तियार टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।

ठेकेदारले अख्तियारलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् । बजगाईंलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बेलौरीबाट महेन्द्रनगर ल्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com