५ ट्रक बराबरको लागुऔषध गाँजासहित ८ जना पक्राउ



प्रकाशित मिति : Feb 17, 2019

सिन्धुली । सिन्धुलीको हरिहरपुर गाउँपालिका स्थित क्यानेश्वरबाट ५ ट्रक बराबरको गाँजासहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्ला पर्साहगढी नगरपालिका ४ का ४५ वर्षीय जयदेव माझी मुसहर, ४६ वर्षीय बागर माझी मुसहर, ४५ वर्षीय डोडामाझी मुसहर, ३५ वर्षीय लालमती माझी मुसहर, ४० वर्षीया भगवती माझी मुसहर, ३७ वर्षीया रोहनी माझी मुसहर, ३६ वर्षीया तैइती माझी मुसहर, ३३वर्षीया कुसुनी माझी मुसहर रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उनीहरु५ किलो प्रशोधित गाँजा र करिब ५ ट्रक बराबरको प्रसोधनका लागि गाँजा भारततर्फ लैजान लागेको अवस्थामा पक्राउ परेका हुन् । स्थानीय अमृत तामाङको घरमा काटेर राखिएको गाँजा सुराकका आधारमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो । अमृत तामाङ भने फरार रहेको र निजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com