राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मुलुकलाई हिन्दूराष्ट्र घोषणा गर्न माग



प्रकाशित मिति : Feb 17, 2019

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दूराष्ट्र घोषणा गर्न माग गरेको छ ।

राप्रपाले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्णधार्मिक स्वतन्त्रतासहितको हिन्दूराष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको हो । २२ बुँदे माग राख्दै राप्रपाले राजसंस्थासहितको मौलिक प्रजातन्त्र कायम र संघीयताबारे जनमत संग्रह हुनुपर्ने अडान पनि राखेको छ ।

तत्काल गर्नुपर्ने माग पूरा नभए चैतको पहिलो साताबाट सरकारविरुद्ध जनसंघर्ष सुरु गर्ने अध्यक्ष कमल थापाको चेतावनी दिनुभयो ।

राप्रपाले हिन्दूराष्ट्र पुनःस्थापनाका लागि दवाव दिन फागुन १५ बाट चैत १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गरिने पनि जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com