प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा



प्रकाशित मिति : Feb 17, 2019

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौं क्षेत्र नं. ४ को आयोजनामा हुने प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकका अध्यक्ष शुभ शर्माले मंगलबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जनकारी गराए ।

प्रतियोगितामामा २० पुरुष टिमको सहभागिता रहने अध्यक्ष शर्माले जानकारी दिए । त्यसमा ४ टिम मोफसलका रहेका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चावहिलस्थित गणेशथान फुटबल मैदानमा हुने नकआउट प्रतियोगिताको फाइनल फागुन ११ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com