छोटा–लामा भाषणहरुमा मनोरञ्जन दिने प्रधानमन्त्रीमा शासकीय योग्यता समेत देखिएन : काँग्रेस



प्रकाशित मिति : Feb 17, 2019

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकार असफल भएको पुष्टि गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले विश्वशनियता गुमाएको बताएका हुन् ।

‘सरकारसंग नागरिकको मुल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजार मुल्य र उ प्रतिको भरोसा र विश्वासको हुन्छ ।’ सरकारको १ वर्षे कार्यकालको समीक्षा गर्दै कांग्रेसले जारी गरेका टिप्पणीमा छ । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सो कुराको महशुस गराउन नसकेको पार्टी समिक्षाले दर्शाएको छ । शर्माले ओलीमा शासकीय योग्यता नदेखिएको आरोप समेत लगाएका छन् ।

शर्माले सिंहदरबारको भ्रष्टाचार फैलिएको भन्ने आशयमा प्रदेश दरबारमा भ्रष्टाचार सरेकोद टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भ्रष्टाचार संस्थागत भयो भन्नुले भ्रष्टाचारको भयाभह तस्वीर सार्वजनिक भएको प्रवक्ता शर्माको तर्क छ ।

प्रधानमन्त्रीमा शासकीय योग्यताको संकेत नदेखिएको दाबी गर्दै ‘कुनै पनि मुलुकका नागरिकको आफ्नो प्रधानमन्त्रीसंग विशेष अपेक्षा हुन्छ शासकीय योग्यताको । तर इतिहासमै सबैभन्दा सहज राजनैतिक वातावरण प्राप्त भएर पनि वर्तमान प्रधानमन्त्रीले वितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रर्दशीत गर्न सक्नु भएन’ भन्दै विजप्ती सार्वजनिक गरेका हुन् ।

राम्रै मनोरञ्जन दिएका उहाँका छोटा–लामा निकै भाषणहरु चर्चामा रहे तर प्रधानमन्त्रीसंग मूलत नागरिक अपेक्षा जिम्मेवार शासनको हुन्छ लच्छेदार भाषणको होइन भन्दै कांग्रेसले आलोचनात्मक टिप्पणी गरेको छ ।

कुटनैतिक परिपक्वताको गरिबी मुलुकको अन्तर्राष्ट्रिय पहिचान, राष्ट्रिय स्वभिमान र समृद्धिका सन्दर्भमा कुटनैतिक विषय र सम्बन्धहरु अत्यन्तै महत्वपूर्ण हुन्छन् । तर भेनेजुयला प्रकरणमा आइपुग्दा सत्तापक्षले कुटनैतिक मामिलामा ‘केटाकेटी आएर गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश’ झै अपरिपक्वता प्रस्तुत ग¥र्यो ।

कुटनैतिक प्रश्नमा अलमल, द्विविधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यवाजीले मुलुकको हित गर्दैन । हाम्रो परराष्ट्र नीतिको मूल आधार असंलग्नतामाथि माक्र्सवाद, माओवाद या चावेजवाद हावी हुने संकेत सर्वथा गलत र आपत्तिजनक थियो । भन्ने कुरा जारी समिक्षामा छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com