भ्रष्टाचार मौलाउनुमा कानून दोषीः पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ



प्रकाशित मिति : Feb 17, 2019

काठमाडौं, ५ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भएको छ ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता तामाङले भन्नुभयो,‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’

साक्षात्कारमा पूर्व कानून मन्त्री तामाङले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । अर्को भनेको नैतिकताको ह«ास हो। यी दुवै कुरालाई सच्याउनुपर्छ ।’

उहाँले अख्तियारको आयुक्त नै यसरी भ्रष्टाचारमा मुछिनु गम्भीर अपराध भएको टिप्पणी गर्नुभयो । उहाँको भनाइ छ ,‘भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्नेमा म विश्वस्त छु ।’ उहाँले अदालतमा पछिल्लो समय उज्यालो किरण देखापरेको चर्चा गर्दै भन्नुभयो ,‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु। अब कारबाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’

फरक प्रसँगमा उहाँले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गर्नुभयो । तर सरकारले अघि बढाएका राम्रा कामहरु जनतासामू पार्टीले पुर्याउन नसकेको उहाँको ठहर छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com