समाजकल्याण परिषद्का सबै पदाधिकारी बर्खास्त !



प्रकाशित मिति : Feb 17, 2019

काठमाडौं । सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यसचिव डिल्लीप्रसाद भट्ट तथा सदस्यहरु इन्द्रप्रसाद झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो।

यसअघि सरकाले उनीहरुसँग दुईपटक स्पष्टीकरण लिएको थियो। परिषद्का पदाधिकारीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको हो। याे खबर आजकाे राजधानी दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com