अफगानस्तानमा झडप, गएको २४ घण्टामा ५३ जनाको मृत्यु



प्रकाशित मिति : Feb 16, 2019

काबुल । अफगानिस्तानमा झडप हुँदा ५३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार विभिन्न स्थानमा भएको झडपमा परि गएको २४ घण्टा भित्रमा सो सङ्ख्यामा मारिएका हुन् ।

तालिवान समूहले आश्रयस्थल बनाएर बसेको उत्तरी टाखर प्रान्तको दास्त–ए–क्वाला जिल्ला, कोन्हा बजारमा सरकारी सुरक्षाफोजले हेलिकोप्टरको सहायतामा गरेको आक्रमणमा शनिबा छ लडाकूको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको स्थानीय प्रहरी अधिकारी मोहम्मद नादिरले बताएका छन् ।

त्यस्तै सुरक्षाकर्मीले उरुजगानमा शुक्रबार राति गरेको सुरक्षा कारबाहीमा २२ जना विद्रोही लडाकूको मृत्यु भएको र १६ जना घाइते भएका सुरक्षा अधिकारी जैनुल्लाहले बताए । यसैगरी उत्तरी सारी पुल प्रान्तको सायद जिल्लामा २३ विद्रोही लडाकूको मृत्यु भएको र २६ जना घाइते भएका उत्तरी क्षेत्रका प्रवक्ता मोहम्मद हनिफ रेजाइले बताए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com