दोलखाको प्रसिद्ध भिमेश्वर मन्दिरमा विषेश मेला, भजन किर्तन गरे मनोकाक्षा पुरा हुने विश्वास



प्रकाशित मिति : Feb 16, 2019

चरिकोट । भीमा एकादशीका दिन प्रसिद्ध दोलखाको भिमेश्वर मन्दिरमा विषेश मेला लागेको छ । यस दिन मन्दिरमा भत्तजनहरु व्रत बसि पूजाअर्चना गर्ने तथा जाग्राम बस्ने र वत्ति बालि भजन किर्तन गरेमनोकाक्षा पुरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।

माघ शुक्ल पक्षमा पर्ने एकादशीलाई भीमा एकादशी भनिन्छ । कुन्तीपुत्र अर्थात पाँच पाण्डव मध्येका माइला भीमसेनले समेत ब्रत बसेका कारण यस एकादशीको नाम भीमा एकादशी हुन गएको पौराणिक वर्णन गरिएको छ ।

यस दिनलाई भिमेश्वर को जन्मदिन पनि मानिन्छ । भीमा एकादशीको ब्रतबाट मनुष्यले भोग र मोक्ष दुवै प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ । यहि विश्वास साथ प्रसिद्ध दोलखाको भिमेश्वर मन्दिरमा भत्तजनहरु दर्शन गरी जाग्राम बसी र वत्ति बालि भजन किर्तन गर्ने गर्छन् ।

यस दिन मध्यरातमा भीमसेनको सिलामा गरगहना र मुकुट सहत विषेश पुजा गरिन्छ । साथै भीमा एकादशी अवसरमा भिमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले १२१ आवृत्ती लगुरुद्रि पाठ तथा होम यज्ञ तथा लाखबत्ति बालिएको छ ।

साथै भिमेश्वर मन्दिरमा दर्शन तथा जाग्राम बसी वत्ति बाल्ने भत्तजनहरुको लागि उपत्यका मा बसोवास गने दोलखाली युवाहरु तथा भिमेश्वर नगरपालिका बडा नं २ को विषेश पहलमा प्रसाद वितरणको व्यवस्था पनि गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com