मुलुक विकासको बाटोमा अगाडि बढीसक्योः प्रधानमन्त्री आली



प्रकाशित मिति : Feb 16, 2019

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासका लागि सरकार प्रतिवद्ध रहेको आफ्नो भनाइ दोहो¥याउनु भएको छ ।

डोल्पो समाजले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकका बिभिन्न स्थानमा सडक,पूर्वाधार लगायतका निर्माण कार्य अघि बढाएको चर्चा गर्दै मुलुक बिकासको बाटोमा अघि बढिसकेको बताउनुभयो । उहाँले असुरक्षित, अति दुर्गम र बिकास निम्ति बाधक बनेका बसोबासलाई अनुकुल स्थानमा सारिने र यसका लागि प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक निर्देशन दिईसकेको जानकारी दिनुभयो ।

उहाले विद्यालय, स्वास्थ्य चौकी, बिजुली, खानेपानीका साथै जनजीविकाको सवाल भएका स्थानमा एकीकृत बस्ती बिकास गर्नेे सरकारको योजना रहेको पनि उल्लेख गर्नुभयो । अवको केहि बर्षमा नेपालमा अति दुर्गम स्थान नै नरहने जिकिर गर्दै प्रधानमन्त्री ओलीले डोल्पामा रहेका ऐतिहासिक स्थालहरुलाई संरक्षण गर्न पनि सरकार कटिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा डोल्पाली समाजका अध्यक्ष निमा रिम्पोछेले डोल्पाको बिकास र समृद्धिका साथै डोल्पाको सांस्कृतिक सम्पदा बचाउनका लागि बिशेष कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा डोल्पाली समाजले डोल्पा जिल्लाको मारिम नाका र क्याटो नाकार क्याटो नाका बाह्रै महिना खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो । त्यस्तै समाजले मुस्ताङ र डोल्पा दुई जिल्ला राष्ट्रिय सडकले जाड्नका लागि पहल गर्न पनि माग गरेको छ । कार्यक्रममा डोल्पाको भेषभुषा झल्कने सास्कृतिक नाँच झाँकी प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com