जापानका प्रधानमन्त्रीले नोबेल शान्ति पुरस्कारका लागि आफूलाई मनोनयन गरेको ट्रम्पको दाबी



प्रकाशित मिति : Feb 16, 2019

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्डले आफुलाई नाबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएकाे दाबी गरेका छन् । शुक्रबार वाल फन्डिङका क्रममा पत्रकार सम्मेलनमा उनले आफुलाई जापानका प्रधामन्त्री सिन्जो अबेले एक लेटरको कपी पठाँउदै नोबेल शान्ति पुरस्कार दिन चाहेको बताएका हुन् ।

Image result for trump and japanese pm

कोरिया-अमेरिका दोस्रो भेटवार्ताबारे बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले भने “मलाई जपानका प्रधानमन्त्रीले नोबेल शान्ति पुरस्कार दिन चाहेका छन् र उतिकै सम्मान पनि यो कुरा एक पत्रमा उनले मलाई भने।” जापानले यस्तो कुराको गर्नूकाे आशय कुनै पुरस्कारको लागि भन्दा पनि अमेरिकासँगको सम्बन्ध बलियो बनाउने चाल रहेको बुझिन्छ ।

तर ट्रम्पले भने आफुले यसको आश नराखेको बताएका छन् । उनले भने “मलाई याे पुरस्कार दिइदैन्, ठिक छ, तिनीहरूले ओबामालाई किन दिइएकाे भन्ने कुरा पनि थाहा छैन ।”बराक
ओबामाले सन २००९काे नाेबेल शान्ति पुरस्कार पाएका थिए । “अन्तर्राष्ट्रिय कूटनीतिलाई बलियो बनाउन र मानिसहरूलाई सहयोगको लागि असाधारण प्रयास” गरेका कारणा उनले याे पुरस्कार पाएका थिए । विभिन्न ६ विधामा दिइने याे पुरस्कार विश्वकै ठुलाे मानिन्छ ।

Image result for barack obama nobel peace prize

यो कुराले जापानी जनतासमेत अचम्ममा परेका छन् । यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनले पनि राष्ट्रपति ट्रम्पले नाबेल पुरस्कार पाउनु पर्ने भनेको कुराले चर्चा पाएकाे थियाे । उत्तर कोरियासँग गरेको वार्ता लागि ट्रम्पले पुरस्कार पाउनु पर्ने कुरा मुनले गरेका थिए ।

Image result for moon jae in and trump

जापान र संयुक्त राज्य अमेरिका बीच संयुक्त द्वन्द्व सहयोग र सुरक्षाका लागि सन् १९६० मा हस्ताक्षर भएको थियो । पछिल्लो समय जापान र उत्तर कोरिया अमेरिकासँग राजनीतिक रुपमा नजिकिएको देखिन्छ । उत्तर कोरियाका राष्ट्रपति किम जङ उनसँगको पारमाणविक हतियार सम्बन्धी सम्झौताको विषयमा ट्रम्पलाई जापान र उत्तर कोरियाले अप्रतक्ष्य रुपमा समर्थन जनाउने गरेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com