एक युवकले १४ करोडको चिट्ठा जिते, आफन्तसँग पैसा बाँड्न पर्छ भनेर मास्क लगाएर पुरस्कार थापे



प्रकाशित मिति : Feb 16, 2019

एजेन्सी । जमैकाका एक युवकले १० लाख पाउन्डको चिट्ठा जितेपछि मास्क लगाएर पुरस्कार थापेका छन् । एक वेबसाइटका अनुसार ए क्याम्पबेलले अमेरिकामा १० लाख पाउन्ड (रू १४ काराेड ६० लाख) काे चिठ्ठा जितेका हुन् ।

चिठ्ठा जितेकाे ५४ दिनपछि मात्र उनले पुरस्कार थापेका छन् । उनी पुरस्कार थाप्न मास्क लगाएर पुगेका थिए । आफन्तले नचिनुन् भन्नका लागि उनले मास्क लगाउने निर्णय गरेको बताए ।

क्याम्पबेलले इनाम लिएको तस्बिर आयोजकले सोसल मिडियामा पनि सेयर गरे । क्याम्पबेलका अनुसार आफ्ना लोभी आफन्तसँग पैसा बाँड्न पर्छ भनेर मास्क लगाएर पुरस्कार थापेकाे र फाेटाे खिचाएका हुन् ।

क्यारेबियन देशमा साधारणतया मानिसहरु भेष बदलेर चिट्ठामा जितेको रकम लिने गरेकाे पाइन्छ । । यसका कारण यी देशमा बढ्दो अपराध दर हो । मानिसहरुलाई लाग्छ कि पहिचान उजागर हुँदा उनीहरु र उनको परिवारलाई पैसाका लागि हत्या गरिने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com