प्रधानमन्त्री ओलीले भने : जनताको जलविद्युत आयोजनाको पहिलो शेयर म किन्छु, दोस्रो को बन्ने ?



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौं । जनताको जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो सेयर आफुले किन्ने बताउनु भएको छ । आयोजनाको पहिलो सेयर म किन्छु दोस्रो को बन्ने ? उहाँले प्रश्न गर्नुभयो । कार्यक्रम उद्घाटन भएको ३५ दिन अर्थात चैत्र ७ गते खुलाइने सेयर आफुले किन्ने बताउनु भएको हो ।

सरकारले बिहिबारदेखी सुरु गरेको जनताको जलविद्युत कार्यक्रमबाट जनतालाई आर्थिक उन्नतीमा सहयोग पुर्याउने दाबी गर्नु भएको छ । आयोजनामा एक व्यक्तिले न्यूनतम १० हजार देखी १० लाख रुपैँया सम्म लगानी गर्न पाउने व्यवस्था हुने रहनेछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com