कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद



प्रकाशित मिति : Feb 14, 2019
  • दीपक उपाध्याय

फागुन २, धनगढी । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।


तिम्सिनाका अनुसार शंकर बिकको घरमा आलु गोदाम गरिराखेको ठाउँ मुनी सुनलाई लुकाएको अवस्थामा फेला पारिएकाे हो ।

सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइदैछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com