युवाहरुलाई लगानी मैत्री वातावरण बनाउन आवश्यक छ : राष्ट्रपति भण्डारी



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौं । नेपाल उद्यमशीलता शिखर सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले मुलुकमा नयाँ सोच र जोश भएका युवाहरुलाई लगानी मैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ । उहाँले मुलुकले आर्थिक समृद्धिको लागि उद्यमशिलता आवश्यक रहेको बताउनु भएको हो ।

राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई उद्यमशीलता श्रृजना गर्न असकेमा मुलुकमा भएको व्यापार घाटालाई सन्तुलनमा ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा युवाहरुको संख्या बढीरहेको र त्यो जनशक्तिलाई नेपालमा नै लगानी मैत्री वातावरण बनाउन सकेमा देशले विकासमा छिट्टै फड्को मार्ने छ , उहाँले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com