सरकार चलाउनु ८ कक्षाको विद्यार्थीको वक्तृत्व कला होइन, सरकारले देश विकासमा चमत्कार गरेको छ : प्रधानमन्त्री ओली



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजनाको घोषणा गर्नु भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बिहिबार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा ‘नेपालीको पानी जनताको लगानी : हरेक नेपाली जलविद्युतकाे सेयरधनी’ भन्ने नारा तय गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार चलाउनु भनेको आठ कक्षाको विद्यार्थीको वक्तृत्वकला होईन र सरकारले देश विकासमा चमत्त्कारी प्रदर्शन गरेको बताउनु भएको छ । उहाँले देशको स्थिती पहिलाको र अहिलेको अवस्था जनताले देखेको बताउदै झोला बोकेर राजनीति गर्ने दिन सकिएको बताउनु भएको हो ।

प्रधामन्त्री ओलीले सरकारले काम गरेर देखाउने र प्रयास भईरहेको बताउँदै जनतालाई निराश नहुन अनुरोध समेत गर्नु भएको छ । उहाँले जनताको जलविद्युत आयोजनाको शेयर चैत्र ७ गते खुल्ने र पहिलो आफुले किन्ने र दोस्रो को भन्ने भनेर प्रश्न समेत गर्नुभएको थियो ।

एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले दुई अध्यक्षबिचमा फाटो ल्याउने चलखेल भएको र त्यसको लागि बा रक्सि खान्छन् भनेर आमालाई कुरा लगाउने र आमा बोक्सी छन् नि भनेर बालाई भ्रममा पार्ने र त्यसको पुष्टिको लागि जस्तो कदम चाल्न पनि तयार देखिएको भन्दै पहिलाको जस्तो षड्यन्त्र नबझ्ने अध्यक्ष नभएको र नेकपा बलियो रहेको प्रसङ्ग दोहोर्याउनु भएको हो । सरकार भाड्न चाहनाकाे संख्या कत्ति हो कत्ति, उहाँले भन्नु भयो ।

सरकारले काम नभएको र कुरा मात्र धेरै भएको भन्दै आलोचना गर्नेहरुलाई देशको अवस्था कहाँबाट कहाँ आएको फर्केर हेर्न आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com