अत्तरीयाद्वारा रुपन्देहीसामु १२२ रनको लक्ष्य



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौं  ।   धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई १ सय २२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २१ रन बनायो । अत्तरियाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सानदार ब्याटिङ गरे । चौथो ओभरमा सुवेन्दु पाण्डे आउट भएपछि मैदान छिरेका दिपेन्द्रले लगातार मैदानमा चौकाको वर्षा गराउँदै ४२ बलमा अर्धशतक पुरा गरेका थिए ।

सुरुवात देखीनै खुलेर खेलेका दिपेन्द्र १७ ओभरको पाँचौ बलमा बाबर हायतले रन आउट गर्नु अघि ५० बलमा १० चौका र १ छक्का प्रहार गर्दै ६७ रनको महत्वपूर्ण योगदान दिए । जारी डिपिएलमा एकै खेलाडीले एकै इनिङमा बनाएको यो सर्वाधिक रन समेत हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com