प्राथमिकता छुट्याउन नसकेको सरकारलाई गति र विधि दिन रामचन्द्र पौडेलको सुझाव



प्रकाशित मिति : Feb 14, 2019
  • तारा आचार्य

विराटनगर २ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीयता कार्यान्वयनमा सरकारले सवै अधिकारहरु केन्द्रमा थोपरेर राख्न नहुने सुझाव दिनुभएको छ ।

बिहीवार विराटनगरमा संचारकर्मीसंग वरिष्ठ नेता पौडेलले संघीयता प्रति जनताको वितृष्णा उत्पन्न भईनसकेको र केन्द्रमा अधिकार केन्द्रित गर्नु भन्दा संघीयताको प्रतिफल सरकारले दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारले काम गर्ने मेसो नपाएको र प्राथमिकता छुट्याउन नसकेको जस्तो व्यवहार गरिरहेको बताउदै गति र विधि दिन सरकारलाई आग्रह गर्नुभयो ।

फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टी एकजुट भएर अघि बढ्नुपर्ने र सरकारको क्रियाकलापको निगरानी गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली कांग्रेसको महासमिति बैठकले जनतामा एजेण्डा लिएर जान र समयबद्ध भएर काम गर्न निर्देशन दिएको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले आगामी वर्षको फागुनमा पार्टीको महाधिवेशन गर्नुपर्ने अडानमा आफु कायम रहेको र यसबारे पार्टी केन्द्रिय समितिले ठोस निर्णय लिने विश्वास व्यक्त गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com