साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौँ । रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि उसले यसको परीक्षण अप्रिलअगावै गर्ने भएको छ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ ।

गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन हुनका लागि आवश्यक प्राविधिक परिवर्तनका लागि अधिकार प्रदान गरेको छ ।

मस्यौदा कानुनलाई संशोधन गर्नका लागि अप्रिल १ को समय दिइएको छ । यो मस्यौदालाई डिजिटल इकोनोमी नेसनल प्रोग्रामको नाम दिइएको छ । तर, परीक्षणको समय अझै तय हुन बाँकी रहेको डेली मेलले बताएको छ । यो खबर आजको कारोबार दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com