भ्रष्टाचार निर्मुल गर्ने अख्तियारभित्रै भ्रष्टाचारी : आयुक्त पाठकले ७८ लाख घुस लिएको सार्वजनिक



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने दाबी गरिरहेका बेला अख्तियारकै कर्मचारी भ्रष्टाचारी देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठक आफैले ७८ लाख रुपैयाँ घुस लिएको खुलासा भएको हो ।

उनले एक कलेजको विवाद सम्बन्धी परेको मुद्दा मिलाउन घुस लिएको कुरा सार्वजनिक भएको हो । उपत्याकाको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस बुझ्दै गर्दाको करिब करिब नौ घण्टाको भिडियो रेकर्ड गरिएको छ।

सरकारी अधिकारीहरुले भिडियो हेरेपछि उनीहरुले यो कुरा बताएका हुन् । अख्तियारकै आयुक्तहरु, सरकारका सचिव, सत्तारुढ दल नेकपाका शीर्ष नेता एवं सासंदहरुले समेत भिडियो हेरेको बताए । भिडियोमा पाठकले घुस लिएको प्रष्ट रहेको उनीहरुले बताएका छन् ।

गत वर्ष नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। छानबिनमा रहेको उजुरी सम्बद्ध समूहले आफूमाथिको छानबिन रोक्न आयुक्त पाठकमालाई घुस दिन खोजेका थियो । तर सो समहुले नै घुस दिने क्रममा भिडियो खिचेका हो ।

२०७४ भदौमा समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले घसु रकम लिएको भिडियोमा देख्न सकिन्छ । आयुक्त पाठकले घुस लिएको स्वीकार गरेको भिडियो नेपाल इन्जिनियरिङ कलेज सञ्चालकहरुले प्रधानमन्त्री ओली, उनी निकट नेकपाका नेता, गृह सचिव प्रेम राईलाई समेत अवगत गराइसकेको भएपनि त्यसबारे कुनै सुनुवाइ हुन नसकेको जनाइएको छ ।

पाठक अख्तियारमा शिक्षा क्षेत्रका अनियमितता अनुसन्धानको नेतृत्व गर्ने गर्छन् । २०७४ बैशाख २५ मा सुरु भएको कलेजको विवाद सञ्चालक दुई समुह मध्ये एकले कम्पनीको रुपमा दर्ता गरेपछि सञ्चालक समितिका ७ जना मध्ये तीन जनाले कम्पनीको रुपमा दर्ता भएको कारण अख्तियारमा मुद्दा हालेका थिए ।

तीन जनाले २०७४ साउनमा समितिका अध्यक्ष न्यौपानेविरुद्ध अख्तियारमा निवेदन दर्ता गरेका हुन् । मुद्दा पाठक कहाँ पुग्दा उनले न्यौपानेलाई कलेज हत्याउन खोजेको आरोपमा पक्राउ गर्ने भन्दै रकम मागेको स्रोत बताउँछ । २०७४ भदौमा पैँसा बुझाउँदा न्यौपानेले अडियो टेप रेकर्ड र २०७४ माघमा पैँसा बुझाउदा भिडियो रेकर्ड गराएका हुन्।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com