हराएको १० महिनापछि छोरी भेटिदा आमाको खुसी



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौँ । हराएको १० महिनापछि एक बालिका भेटिएकी छन् । झापाको बुद्धशान्ति ७ सुनमाईकी १३ वर्षीया ईश्वरा गदाल हराएको १० महिनापछि भेटिएकी हुन्।

आमा भीममायाले पनि छोरी फर्किन्न होला भनेर लगभग माया मारिसकेकी थिइन्। तर दुई साताअघि मेचीनगर नगरपालिकाबाट खबर आयो ‘छोरी भारतको कोचविहारमा छिन्।’

सांकेतिक तस्वीर

पश्चिम बंगालको कोचविहारस्थित सरकारी स्वामित्वको बालिका आवास गृहबाट आएको एक टोलीले ईश्वरालाई स्थानीय सरकारसमक्ष बुझायो। उनी १० महिनादेखि त्यही बालिका गृहमा आश्रित थिइन्।

दस महिनादेखि बेपत्ता छोरीलाई भेट्दा उनले बुधबार आँशु थाम्नै सकिनन्। ‘छोरी अब फर्किन्न होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘आँखाअघि छोरीलाई देख्दा ज्यादै खुसी लागेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com