टोटनह्यामद्वारा बोरुसिया डर्टमुण्ड ३–० ले पराजीत,ह्यारी केन र डेल अलीले खेलेनन्



प्रकाशित मिति : Feb 14, 2019

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा टोटनह्याम आफ्नो घरेलु मैदानमा विजयी भएको छ । अन्तिम १६ को पहिलो लेगमा टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–० ले हराएको हो ।

र्टमुण्डले उच्च प्रर्दशन गर्न नसक्दा इंग्लिस क्लब टोटनह्यामले शानदार जित हात पार्याे । पहिलो हाफ गोलरहित रहेको खेलमा टोटनह्यामले सबै गोल दोस्रो हाफमा गरेको थियो । टोटनह्यामका लागि सन हेङ–मिन, ज्यान भिर्टोङ्हेन र फेर्नान्डो योरेन्टेले गोल एक एक गोलको योगदान गरे ।

Related image

टोटनह्यामको पहिलो गोल खेलको ४७ औँ मिनेटमा सनले गरे । यो सँगै अग्रता बनाएको टोटनह्यामका लागि भिर्टोङ्हेनले ८३ औँ मिनेटमा गोल गरेपछि दोब्बर अग्रता बनाए । योरेन्टेले ८६ औँ मिनेटमा अन्तिम गोल गर्र्दै टोटनह्यामलाई ३–० को जित दिलाए ।

Related image

योसँगै टोटनह्यामको अघिल्लो चरण पुग्ने सम्भावना बलियो देखिएको छ । चोटका कारण ह्यारी केन तथा डेल अली मैदानमा जान सकेनन् ।दोस्रो लेग आउँदो मार्च ५ मा बोरुसिया डर्टमुण्डको मैदानमा हुनेछ ।

Image result for Tottenham Hotspur 3-0 Borussia Dortmund:
Related image

प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com