रियललाई भीएआरले बचायो, आयाक्स २-१ गाेलले पराजित



प्रकाशित मिति : Feb 14, 2019

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गए राति भएकाे अन्तिम १६ को पहिलो लेगमा साविक विजेता रियल म्याड्रिडले कठिन जित निकालेको छ । अवे मैदानमा भएको खेलमा डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा घरेलु टोली आयाक्स गाेल गरेकाे थियाे । आयाक्सले गोल गरेको भन्दै खुसीयाली पनि मनाए । तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहायतामा रेफ्रीले गोललाई मान्यता दिएनन्  ।

आयाक्सले गोल गरेको गाेललाई गाेलकाे मान्यता नदिएपछि पहिलाे हाफमा दुवै टोलीले गाेल गर्न सकेनन् । आयक्सले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि रियलका डिफेन्डर बाधक बनिरहे ।

दोस्रो हाफमा रियलले  करिम बेन्जिमाले गाेल गर्दै रियललाई अग्रता दिलायाे । उनले ६० औँ मिनेटमा भिनिसियस जुनियरको पासमा उत्कृष्ट फिनिस गर्दै गाेल गरे । जुनियरले उत्कृष्ट मुभ बनाउँदै पेनाल्टी क्षेत्रभित्रबाट बेन्जिमालाई पास दिएका थिए ।

 त्यसको १५ मिनेटमा नै हाकिम जिएकले खेल बराबरी गोल फर्काए । डेविड नेरेसको पासलाई उनले १० यार्डबाट सहजै गोलमा परिणत गरेका थिए । ८७ औँ मिनेटमा एसेन्सिओले गोल गरे ।
तर उक्त गोलको मुभमा रियलका खेलाडी लुकास भाज्केजले आयाक्सका खेलाडीलाई फल गरेको भन्दै गोलमा केहीबेर विवाद भएको थियो । भीएआरमा रेफ्रीले कुनै असर नपरेको भन्दै फल लिएका थिएनन्।

च्याम्पियन्स लिगमा भिएआर प्रविधि यो सिजनदेखि लागु गरिएको हो, त्यो पनि नकआउट चरणदेखि मात्रै । अजाक्सका लागि च्याम्पियन्स लिगको पहिलो भिएआर घातक बन्यो ।

दोस्रो लेगको खेल मार्च ५ मा रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com