नेप्से परिसूचक घट्यो, कारोबार रकममा सामान्य वृद्धि



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से घटेको छ । वित्तीय बजारमा तरलता अभाव हुँदा ब्याजदर घटन सकेको छैन् । जसले शेयर बजरमा लगानी आउन सकेको छैन् । त्यसैले नेप्से दबाबमा देखिएको छ ।

बुधबार शेयर बजारमा परिसूचक नेप्से ७ दशमलव ११ अंकले घटेर १ हजार १ सय २१ दशमलव ०८ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ७६ अंकले घटेर २ सय ३८ दशमलव ४४ अंकमा बन्द भएको छ । कारोबार रकम भने मंगलबारको तुलनामा ४ करोड रुपैयाँ भन्दा बढीले बढेर २३ करोड ८८ लाख ३६ हजार ८ सय ३८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव र त्यसले ब्याजदरमा निम्त्याएको वृद्धिका कारण शेयर बजारमा परिसूचक नेप्से घटदै गएको छ । उत्पादन तथा प्रशोधन समुहमा बाहेक सबै समुहमा गिरावट आउँदा नेप्से दबाबमा देखिएको हो ।

नागरिक लगानीकोषको सबैभन्दा बढी १ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चौतारी लघुवित्त वित्तीय संस्थाका शेयधरनीले सबैभन्दा बढी ९ दशमलव ८२ प्रतिशतले कमाएका छन् । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com