नेतृत्वले ‘धोका’ दिएको पूर्व माओवादी लडाकुको आरोप



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । विक्रम संवत् २०५२ साल फागुन १ गते तत्कालिन माओवादीले सशस्त्र द्वन्द्व सुरु ग¥यो । अहिले त्यो माओवादीको मूलधार एमालेसँग एकता गर्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा परिणत भएको छ । बाँकी विभिन्न समूहमा विभाजित छन् । तर, जनयुद्धको सपना बोकेर युद्धमा होमिएका लडाकुमा २४ औं जनयुद्ध दिवस मनाईंरहँदा निशारा छाएको छ ।

२०६२÷६३ को जनआन्दोलनको सफलतासँगै माओवादी विद्रोह शान्ति प्रक्रियामा रुपान्तरण भयो । शान्तिप्रक्रियालाई सफल बनाउन धेरै माओवादी लडाकु अयोग्य बन्न पनि तयार भए । तर, ठूला सपना देखाउने तत्कालिन माओवादीले तीन पटकसम्म सरकारको नेतृत्व गर्दासम्म लडाकुका सपना पूरा हुन सकेन । बल्ल उनीहरुले बुझे नेतृत्वले देखाएको सपना झुटो रहेछ ।

पूर्व लडाकले वहिर्गमनमा परेका लडाकु अयोग्यको बिल्ला खारेज हुनुपर्ने, आफूहरुलाई सम्मानजनक मूल्याङ्कन कदरपत्रसहित सम्बोधन गरिनुपर्ने, स्वेच्छिक अवकास रोज्ने सरह एकमुष्ठ आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने लगायत माग राख्दै उनीहरु अहिले आन्दोलनमा छन् । तर आफ्नै पार्टीको नतृत्वको सरकारले समेत उनीहरुको माग सम्बोधन गर्न चासो दिएन ।

‘जनयुद्ध’को नाममा आफ्नो जीवनको धेरै समय खर्चिएका कैंयौ लडाकु यतिवेला खाडीमुलुकमा काम गर्न विवश छन् । कतिपय घाइतेको विजोग अवस्था छ । तत्कालीन माओवादीको एक समुह अहिले पनि पटक–पटक युद्धको चेतावनी दिदैआएको छ । नेतृत्वले देखाएको सपना पूरा गर्न विना सोच युद्धमा होमिएका लडाकुको व्यथा कसले बुझ्ने ?


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com