नेपालद्वारा ३–० गोलले इरान पराजित, फाइनल प्रवेशका लागि म्यानमार र भारतको खेल कुर्नुपर्ने !



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौं । छिमेकी राष्ट्र भारतमा जारी ‘महिला गोल्डकप फुटबल’को लिग चरणको अन्तिम खेलमा इरानविरूद्ध ३–० गोलको अन्तरले नेपालले जित हाँसिल गरेको छ । खेलको पहिलो हाफको ४१ औं मिनेटमा इरानको डिफेन्सलाई छिचोल्दै अनिता बस्नेतले पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

त्यस्तै खेलको दोस्रो हाफको ५९ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै दुर्इ शुन्यमा अग्रता दिलाउन सफल भएकी थिइन् ।

साथै अन्त्यामा आएर खेल सकिन ५ मिनेट बाँकी हुँदा इरानले एक गोल गरेको थियो, तर त्यसलार्इ अफसाइड दिइयो । त्यसपछि बाँकी समयमा इरान खेलमा फर्कन सकेन । यता नेपालले खेल सकिन तीन मिनेट बाँकी रहँदा तेस्रो पटक गोल गोल गर्न सफल भयो । नेपालका लागि सावित्रा भण्डारीले तेस्रो गोल गरेकी हुन् ।

तालिकामा नेपालले ६ अंक बनाए पनि फाइनल प्रवेशका लागि म्यानमार र भारतको खेल कुर्नुपर्ने छ । म्यानमार र भारतको खेलमा भारतले जित्यो भने नेपाल, म्यानमार र भारत बीचको ‘हेड टु हेड’बाट फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com