आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबलः मल्पी र एस फाइनलमा



प्रकाशित मिति : Feb 13, 2019

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा मल्पीले नामीलाई ६४–४४ ले सहजै पराजित ग¥यो । मल्पीको जितमा आयुश लामाले १६ अंक योगदान गरे । अर्को प्रतिस्पर्धात्मक सेमिफाइनलमा तेजिन्ङ जिग्मेको २० अंक सहयोगमा एसले द ब्रिटिस मोडेल कलेजलाई ६५–६४ को झीनो अन्तरले हरायो । फाइनल बिहीबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com