मलेसियाबाट छोराको लास आउँदा भावविहल भइन् विष्णुदेवी ! (भिडियाे)



प्रकाशित मिति : Feb 12, 2019

काठमाडौँ । दिनेश त एक प्रतिनिधि पात्र मात्रै हुन्, वैदेशिक रोजगारीका लागि गएका युवा र आफन्तको साझा दर्द हो। तथ्यांक यस्तो छ कि, अहिले दैनिक औसत ९ सय युवा रोजगारीका विभिन्न देश जान्छन् । र, दैनिकी ३ जनाको शव नेपाल आउँछ ।

पछिल्लो १० वर्षमा करिब ४० लाख युवा रोजगारीका लागि विदेश गए । तीमध्ये ६ हजारभन्दा बढीको विदेशमै ज्यान गयो । एक हजार भन्दा बढी युवा अंगभंग भएर फर्किएका छन् । विदेशमा भएकाको दैनिकी पनि कष्टदायी छ । कति जेलमा छन्, कति आप्रवासी शिविरमा छट्पटाइरहेका छन् ।

स्वदेशमा संघर्ष गर्दा सामान्य रोजिरोटी समेत चल्न नसक्ने भएपछि परदेशिका नौ जवानको शव बुझिरहन परेको टीठलाग्दो सत्य यस्तो रहेको छ । सरकार वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सको हिसाब गरेर समृद्धिको भाषण गरिरहेको छ । युवालाई विदेश पठाउन प्रेरित गरिरहेको छ । तर, बैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन पहल भएको छैन ।

आमचाहना त, रोजगारीका लागि कोही पनि नेपाली विदेशिन नपरोस् भन्ने नै हो । सूचना प्रविधि र भौतिक विकासले ‘विश्व नै एउटा गाउँ’ भएको अवस्थामा एउटा देशबाट अर्को देशमा अध्ययन वा कामका लागि जाने कुरा स्वभाविक होला । तर, देशमा काम गरेर बाँच्नै नसक्ने भएपछि  जेजस्तो कामका लागि पनि, जुनसुकै देश जानुपर्ने वाध्यताले हाम्रो देशको स्थिति चित्रण गरिरहेकै छ ।

युवालाई स्वदेशमा रोजगारी दिन नसके पनि विदेशिकाएका युवाको सुरक्षाका लागि समेत राज्यस्तरबाट आवश्यक पहल नहुनु दुर्भाग्यपूर्ण सत्य हो । परदेशिएका युवा र उनीहरुका आफन्तको पीडाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई गिज्जयाइरहेको छ । सरकारले स्वदेशमा रोजगारी दिन त सकेन, सकेन, विदेशिएका नौवानको सुरक्षा गर्न पनि सकेन् ।

रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता त तत्काल हटाउन संभव नहोला, तर विदेशिएका यूवालाई सकुशल स्वदेश फर्काउने वातावरण बनाउन राज्य जिम्मेवार हुनैपर्छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com