दैलेखमा ३० वर्षदेखि अलपत्र सिंचाई आयोजना, कामदारले पाएनन् पसिनाको मूल्य



प्रकाशित मिति : Feb 12, 2019

दैलेख । मझौला सिंचाई आयोजना अन्र्तगत दैलेखको रावतकोट सिंचाई आयोजनाको काम सुरु भएको ३ दशकभन्दा बढी भइसक्दा पनि योजना सम्पन्न भएको छैन । सिंचाइ आयोजनाका काम गरेको कामदारले अहिलेसम्म ज्याला पाएका छैनन् ।

विभिन्न खण्ड छुट्याएर ठेकदार तथा स्थानीय जल उपभोतmा समिति मार्फत निर्माण थालिएको आयोजनको केही भागमा कुलो मात्रै बनेको छ । सिंचाई डिभिजनबाट हरेक बर्ष बजेट बिनियोजन हुने भएपनि काम भने हुँदैन ।

सिचाईका लागि बनेका संरचना भत्किन थालेका छन् भने खेतबारी बाँझो छ । अरु त अरु गाँउमा बन्न लागेको आयोजनामा लामो समय काम गरेको स्थानीयले अहिलेसम्म ज्याला पाएका छैनन् ।

२०६८÷६९ स्थानीयको सहभागितामा बनेको उपभोक्ता समिति मार्फत ३८ लाख बराबरको काम गरेको स्थानीयले जम्मा ८ लाख रुपैया पाएका छन् । सिचाई आयोजना निमार्ण सम्पन्न भएपछि मन बुझाउने बाटो हुन्थ्यो सोचेका उनीरुले न सिचाई गर्न पाएका छन् न आँफूले गरेको श्रमको मुल्य नै ।

२०२८ सालमा सर्बे भएको आयोजना २०४२ सालमा निर्माण सुरु भएको थियो । तर २०७२ साल अघि सिचाई डिभिजन कार्यालय सुर्खेतले हेर्नै भएपनि अहिले भने सिंचाई डिभिजन दैलेखले हेर्दै आएको छ । तर यो आयोजनामा अहिलेसम्म के कति खर्च भयो कतै तथ्याङक छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com