वडा कार्यालयको बैठक नै नबसी २० महिनादेखि बैठक भत्ता लिएपछि…



प्रकाशित मिति : Feb 12, 2019

काठमाडौं । काठमाडौं महानगरपालिका वडा १ का जनप्रतिनिधि बैठक नै नबसी भत्ता बुझ्ने गरेको भेटिएको छ । कामपा १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठकै नेतृत्वमा बैठक नै नबसी २० महिनाको बैठक भत्ता स्वरुप करिब १३ लाख रुपैयाँ लिएका छन् ।

वडा १ वडा सदस्य मीना सुनुवारका अनुसार उनी निर्वाचित भएपछि अहिलेसम्म एक पटक पनि औपचारीक बैठक भएको छैन । तर हरेक महिनामा ४ दिन बैठक भएको भन्दै उनलाई माइन्युटमा हस्ताक्षर गर्न भन्दै वडा कार्यालयमा बोलाइन्छ ।

हरेक महिना उनलाई बैठकका लागि नभई माइन्युटमा हस्ताक्षर गर्न भन्दै वडा कार्यालयबाट फोन जान्छ । उनले ३ महिनाको माइन्युटमा हस्ताक्षर गरेकी छैनन् । यस्तै वडा सदस्य राजकुमार श्रेष्ठले पनि पछिल्ला माइन्युटमा हस्ताक्षर गरेका छैनन् ।

वडा कार्यालयमा हुने बैठकको माइन्युट लेख्ने काम वडा सचिवको नै हुन्छ । कामपा १ को माइन्युट लेख्ने वडा सचिव जानुका सिंहले समेत पहिला समस्या भएको स्वीकार गर्छिन । वडा अध्यक्ष भरतलाल श्रेष्ठले अनौपचारिक छलफल गर्ने र माइन्युट तयार गर्न लगाउने गरेको बताउँछन् ।

साथै वडा अध्यक्षसहित ५ जना मध्ये ३ जनाले माइन्युटमा हस्ताक्षर गरेपछि वैधानिक हुने बताउँछन् । जनप्रतिनिधिहरु अन्य मुद्धाका बिषयमा राजनीति अस्थाका कारण बिवाद गर्ने गरेपनि कमिशन खाने र अन्य कमाउका काममा भने सबै सधैँ एक हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com