बलात्कृत महिलाको झोलामा अदालत भित्रै कर्मचारीले हाले ५ लाख !



प्रकाशित मिति : Feb 12, 2019
  • प्रकाश सिग्देल,

चितवन । चितवनमा एक महिलाले आफू माथि बलात्कार भएको र बलात्कारको घटना लुकाउन आफूलाई आर्थिक लेनदेन गर्न दबाब दिई जबरजस्ती पैसा झोलामा हालिदिएको भन्ने गुनासो कार्यक्रम ‘सीधाकुरा’मा गरिन् । उनको गुनासो बुझन् चितवनका टिभि जर्नालिष्ट प्रकाश सिग्देल चितवन जिल्ला अदालत पगे ।

बलात्कार गरेको भनिएका व्यक्तिका आफन्त र अदालतकै कर्मचारी मिलेर पीडित महिलाको झोलामा ५ लाख रुपैयां हालिएको रहेछ । अदालतमा बयान बदल्न झोलामा जवजस्ती पैसा हालेपछि पीडित महिलाले अदालतमै कार्यरत प्रहरीको रोहवरमा फिर्ता भएको रहेछ ।

अदालत भित्र यसरी अदालतकै कर्मचारीले बलकृत महिलाको झोलामा पैसा हालेको थाहा पाएपछि हाम्रो टिम चितवन जिल्ला अदालत पुग्यो । हामीले शुरुमा पीडित महिलासँग अदालत नजिकैको एक गोप्य स्थानमा कुराकानी ग¥यौ । अदालतमा बयान बदल्न उनलाई सबैतिरबाट दवाव आइरहेको रहेछ ।

पीडित महिलाको कुरा सुनेपछि हाम्रो टिम पीडितको आरोपको आधिकारीक्ता खोज्दै अदालत छिर्यो । आर्थिक लेनदेनको घटना देख्ने र पैसा फिर्ता गराउना सहयोग गर्ने मध्यकी एक महिला प्रहरी को ५ लाख रुपयां पीडितको झोलामा हालिएको र पछि फिर्ता गरिएको बताइन् ।

त्यसपछि हामीले जबरजस्ती पैसा लिन बाध्य पार्ने मध्येकी एक अदालतकी महिला कर्मचारी लक्ष्मी लामिछानेलाई भेट्न गयौ । पैसा लिन दवाव सिर्जना गर्ने र जबरजस्ती झोलामा ५ लाख रुपैया हालेर बयान फेर्न दवाव दिने कर्मचारी लामिछानेले आफुले यसवारे हकिमलाई जानकारी गराईसकेको भन्दै हाकीमसँग कुरा गर्न भनिन् र बोल्न मानिनन् ।

पीडितले ती महिला कर्मचारीलाई झुट बोल्न लाज लाग्दैन भनिरहदा आफुलाई कार्यालय सहयोगी भन्ने अर्का कर्मचारी आई अवरोध गर्न खोजे । त्यसपछि हामीले आदालतको इजलाश बाहिर अदालतका कर्मचरीको सहयोगमा बलात्कृत महिलालाई बयान बदल्न ५ लाख दिएको बिषयमा आदालतले के गर्दै छ भनि अदालतका श्रेष्तेदार गहेन्द्रराज पन्तको कोठमा पुग्यौ ।

श्रेष्तेदारले घटनाको बारेमा सामान्य जानकारी आफूले पाएको र महिलाले आफूलाई असुरक्षीत भएको बताएपछि उनलाई महिला प्रहरी मार्फत घरसम्म सुरक्षा दिई लगेको तर यसको बिषयमा अरु थप जानकारी आफूलाई नआएको बताए ।

बलात्कारको घटनामा बयान बदल्न अदालतको इजलाश बाहिर आर्थिक लेनदेनको घटना भएको र बयान सच्याउन दवाव कर्मचारीबाटै दिईएको अनि पैसा फिर्ता गराउन प्रहरी अदालतमै कार्यरत भएको थाहा पाउदा पनि किन केही नगरेको प्रश्नको जवफमा श्रष्तेदारले यसबारे नविदन नपरेकाले केही नगरेको बताए ।

अदालतको गटमा कार्यरत महिला हवल्दाले पनि अदालत भित्र पीडित महिलाको झोलामा हालिएको फैसा फिर्ता गरिएको घटनामा कसैलेपनि सोधपुछ नगरेको बताइन् । अदालतका कर्मचारीले बलात्कृत महिलालाई बयान बदल्न जरवजस्ती ५ लाख दिएको देख्ने व्यक्तिहरु मध्येकी एक लक्ष्मी बिक पनि हुन् ।

घटनाकी साक्षी बिकले अदालतकै कर्मचारी लक्ष्मी लामिछानेले भित्र बयान सुन्दै बाहिर आउदै अर्को पक्षलाई यसले पैसा पनि लानिभइ, बयान पनि बिगारी यसलाई छाड्न हुन्न भन्दै कुरा गर्दै गरेको आफूले देखेको र सुनेको बताइन् ।

एक बलत्कृत महिला दुनियासँग लड्दै बडो हिम्मत जुटाएर अदालतको ढोकासम्म पुग्छिन् । शारीरिक मात्र नभई मनसिक हिसाबले समेत बलात्कृत भएकी महिला न्याय माग्न अदालत पुग्दा अदालतकै कर्मचारी पीडकसंग मिलेर पीडितलाई बयान बदल्न पैसा दिदै दवाव सिर्जना गरे कहा गएर न्याय पाउने ?


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com