भदन भण्डारी स्मृति भेट्रान फुटबल हुने



प्रकाशित मिति : Feb 12, 2019

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्षेत्र नं.४ को आयोजनामा प्रथम मदन भण्डारी स्मृति भेट्रान फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा मोफसलका ४ सहित १६ टिमको सहभागिता रहने आयोजकका अध्यक्ष शुभ शर्माले जनाएका छन् । सिक्स ए साइड स्वरुपमा हुने नकआउट प्रतियोगितामा २०३६ सालमा जन्म भएकाले प्रतियोगितामा सहभागी हुने पाउने प्रावधान छ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चावहिलको गणेशथान मैदानमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com