अमित र दीक्षालाई टेबल टेनिसको स्वर्ण



प्रकाशित मिति : Feb 12, 2019

काठमाडौँ । सीसीआरसीकाद्वय अमित बनेपाली र दीक्षा तामाङले चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिसतर्फ स्वर्ण जितेका छन् ।

सिंगल्सको ब्वाइजमा अमित तथा गर्लसमा दीक्षा पहिलो भएका हुन् । ब्वाइजमा सीसीआरसीकै विजय तामाङ तथा गल्र्समा पनि सीसीआरसीकै अनुष्का प्रसाईं दोश्रो भए । ब्वाइज डबल्समा गोल्डेनगेटका रज्निश पौडेल र शुभम् थापाको जोडी पहिलो भए । सीसीआरसीका रुपेश श्रेष्ठ र सन्दिप थापा दोश्रो बने ।

गर्लस डबल्समा सीसीआरसीका दीक्षा र अनुष्काको जोडीले स्वर्ण जिते । गोल्डेनगेटका रस्ना श्रेष्ठ र निकी राईको जोडीले रजत जिते ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com