ए लेभल ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा



प्रकाशित मिति : Feb 12, 2019

काठमाडौँ । आठौं एस कप अन्तर ए लेभल ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण मंगलबार पूरा भएको छ ।

सेमिफाइनलमा समूह ‘ए’ विजेता आयोजक एसले समूह ‘बी’ उपविजेता द ब्रिटिस मोडेल कलेज तथा समूह ‘बी’ को विजेता डिफेन्डिङ च्याम्पियन मल्पीले समूह ‘ए’ को उपविजेता नामी विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

मंगलबारको खेलमा नामीले ग्लोबललाई ४५–२७, एसले रातो बंगलालाई ३७–२६, ब्रिटिसले चेल्सीलाई ४१–३१ र मल्पीले काष्ठमण्डपलाई ६७–४० ले पराजित गरे ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com